प्राइम कमर्सियल बैंकको सीईओमा सञ्जीव मानन्धर नियुक्त
प्रकाशित:
०७ भदौ २०८०
काठमाडौं । सञ्जीव मानन्धर प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् ।
(आज) सम्पन्न सञ्चालक समितिको बैठकले मानन्धरलाई बैंकाको सिईओ नियुक्त गरेको हो । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मानन्धरले शुक्रबारै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम मानन्धरलाई संचालक समितिको बैठटकले नियुक्त गरेको हो । मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares