आज २ हाइड्रोपावर कम्पनीको साधारणसभा, सेयरधनीलाई लाभांशको सट्टा हकप्रद सेयर !

अर्थकागज
प्रकाशित: २३ पुस २०८०
Image description

काठमाडौं । आज २ हाइड्रोपावर कम्पनीले साधारणसभा बोलाएको छ । मकर जितुमाया सुरी हाइड्रोपावर र  माउन्टेन हाइड्रो नेपालले साधारणसभा बोलाएको हो ।

माउन्टेन हाइड्रो नेपालको आज सभा कालिमाटी ब्यांकेट, कालिमाटी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । यसले सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ ।

त्यसै गरी मकर जितुमाया सुरी हाइड्रोपावरको सभा सुर्य इभेन्ट, धुम्बाराही, आनन्दनगर, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । त्यसैगरी, सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने सञ्चालक चयन गर्ने विशेष प्रस्ताव पनि रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर