आठौँ वार्षिकोत्सवमा आईएमई लाइफ इन्स्योरेन्सका वृहत रक्तदान कार्यक्रम सम्पन्न
प्रकाशित:
३२ साउन २०८२
काठमाडौं । आई .एम .ई लाइफ इन्स्योरेन्सको आठौँ बार्षिक उत्सवको शुभअवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रम नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । काठमाडौंको लैनचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । 'रगतदान-जीवनदान' भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्य, ग्राहक, अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी सयौं व्यक्तिले स्वेच्छिक रक्तदान गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खड्काले स्वास्थ्य, सेवा र सामाजिक उत्तरदायित्व हाम्रो व्यवसायको महत्वपूर्ण आधार मान्दै रक्तदान जस्तो जीवनरक्षक कार्य हामी सबैको दयित्व हो भन्नुभयो।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares