महालक्ष्मी विकास बैंकको १५ लाख १४ हजार कित्ता संस्थापक शेयर लिलामी खुला

प्रकाशित:
३१ चैत २०८१

काठमाडौं । महालक्ष्मी विकास बैंकले आज (चैत ३१ गते) देखि १५ लाख १४ हजार २५ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी शेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
यसमा वैशाख १४ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री मुक्तिनाथ क्यापिटल, नारायणचौर नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares