एनआईसी एशिया बैंकको संस्थापक शेयर लिलाम बिक्रीमा

अर्थकागज
प्रकाशित: २६ चैत २०८१
Image description

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बढाबढमार्फत ​ बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको कुल ७ लाख १४ हजार ९५० कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयर संस्थापक शेयरधनीसहित जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद गर्न पाउनेछन् । शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १९० रुपियाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

शेयर खरिद गर्दा न्यूनतम १ हजार र वा अधिकत सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।   इच्छुक खरिदकर्ताले आफूले खरिद गर्न चाहेको शेयर संख्या र दररेट खुलाई आज (चैत २६गते) देखि २०८२ वैशाख ९ गतेसम्म शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंमा आइपुग्ने गरी गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ ।

पात्र शिलबन्दीहरू वैशाख १० गते बिहान १० बजे खोलिनेछ । 

प्रतिक्रियाहरू

Krishna kc

1 week ago

Write

सम्बन्धित खबर