आजदेखि सुन्धारामा निःशुल्क पार्किङ

अर्थकागज
प्रकाशित: १३ माघ २०८०
Image description

काठमाडौँ महानगरपालिकाले आज आइतबारदेखि सुन्धारास्थित निर्माणाधीन धरहराको बेसमेन्टमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउने भएको छ । न्युरोडमा सवारी पार्किङ निषेध गरेपछि सहज पार्किङस्थल उपलब्ध गराउने उद्देश्यसहित धरहरा क्षेत्रको पार्किङ उपलब्ध गराइएको महानगरले जनाएको छ ।

तीन तला पार्किङ निर्माण गरिएको धरहरा क्षेत्रमा कुल डेढ लाख वर्गफिट क्षेत्रफलमा पार्किङ गर्न सकिन्छ । चारपाङ्ग्रे सवारीसाधन चार सय र मोटरसाइकल एक हजार पाँच सयभन्दा बढी पार्किङ गर्न सकिन्छ । संरचनागत रूपमा यो ठाउँ मुलुककै अहिलेसम्मको सबभन्दा ठुलो पार्किङ संरचना रहेको बताइएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर