ट्रेड टावरको आईपीओ भर्नु भयो ? आवेदन दिने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: २१ वैशाख २०८२
Image description

काठमाडौं । ट्रेड टावर लिमिटेडले यही वैशाख ८ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन अर्थात् आईपीओमा आवेदन दिने आज (वैशाख २२) अन्तिम दिन रहेको छ ।

कम्पनीले पहिलो चरणको वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० को रुपियाँको ४८.६९६ प्रतिशतले हुन आउने ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कास गर्न अनुमति पाएको थियो । । जसमध्येबाट पहिलो चरणमा १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९।३० कित्ता शेयर निष्कासन गरेको हो ।

यो आईपीओमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीले घटीमा १० कित्ता र बढीमा १० हजार कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा गएकाहरू छुट्याइएको शेयर सम्पूर्ण बिक्री नभएमा बिक्री नभएको शेयरसमेत समायोजन गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कास गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओ निष्कासक तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडले रहेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर