संसद अबरुद्ध भएको दिनको तलब/ भत्ता/ सुबिधा फिर्ता गर्ने ब्यवस्था मिलाइदिन रास्वपाको सभामुखलाई आग्रह

अर्थकागज
प्रकाशित: २५ साउन २०८०
Image description

काठमाडौं । संसद अबरुद्ध भएको दिनको तलब/ भत्ता/सुबिधा फिर्ता गर्ने ब्यवस्था मिलाइदिन रास्वपाको सभामुखलाई आग्रह गरेका छन् । 

सदन अवरुद्ध हुँदा जनताका मुद्दा, दैनानुदिनका समस्या र राष्ट्रिमाथि परेका संकटहरुका विषयमा सदनमा कुरा राख्न नपाउँदा सांसदहरुको सार्वभौम अधिकार हनन् हुन पुगेको भन्दै यस्तो आग्रह गरेका हुने ।

साथै, सभामुखलाई अधिवेशन नियमित गर्न आवश्यक पर्ने पहलकदमी लिइदिन र सवै जिम्मेवार राजनीतिक पार्टीहरु यसतर्फ सजक हुन समेत आग्रह गरेको छ । 

सुनकाण्डका सवालमा प्रमुख प्रतिपक्ष दलले उच्चस्तरीय छानविन समितिको माग गरेर सदन अवरुद्ध  गरिरहेको र सत्तापक्षले सो प्रकृयामा जान अस्वगीकार गरी विगत लामो समयदेखि जनताको सार्वभौम सदन अवरुद्ध हुदै आएको छ । 




प्रतिक्रियाहरू

सम्बन्धित खबर