बलेफी हाइड्रोपावर १०० प्रतिशत हकप्रदमा आजदेखि आवेदन दिन पाईने, कसले दिने आवेदन ?

अर्थकागज
प्रकाशित: २७ मंसिर २०८१
Image description

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको १०० प्रतिशत हकप्रदमा आज मंसिर २७ गतेदेखि आवेदन दिन पाईने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपियाँबराबरको शतप्रतिशतले हुन आउने १ः१ अनुपातमा १०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद प्रयोजनार्थ कम्पनीले कम्पनीले कात्तिक २१ गते एक दिन बुक क्लोज गरिसेकेको थियो त्यसैले कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । हकप्रदमा पुस १७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएबिएस क्यापिटल रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।


प्रतिक्रियाहरू

सम्बन्धित खबर