कुमारी बैंकको नाफामा गिरावट
काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा गिरावट देखिएको छ ।
यस अवधिमा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.३१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.०१ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी पनि १३१.४४ प्रतिशतले बढेको छ । त्यसैगरी, सञ्चालन मुनाफा भने ५.०८ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ ।
पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ७७ करोड रुपैयाँ ऋणात्मक रहको छ।
बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६१ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८२ पैसा रहेको छ । त्यसैगरी, पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.११ गुणा रहेको छ ।
Shares