प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ध्यानाकर्षण

अर्थकागज
प्रकाशित: २७ वैशाख २०८३
Image description

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको राजीनामासम्बन्धी केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । बैंकले विभिन्न मिडियामा आएका उक्त समाचारहरू भ्रामक, आधारहीन तथा तथ्यहीन रहेको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत आफ्नो

जिम्मेवारीमा सक्रिय रही बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा सक्रिय रहेको बैंकले जनाएको छ ।बैंक सम्बन्धी कुनै पनि सूचना वा समाचार प्रकाशन तथा प्रसारण गर्दा आधिकारिक स्रोतबाट पुष्टि गरी मात्र सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारमाध्यम तथा सरोकारवालाहरूलाई बैंक हार्दिक अनुरोध बैंकले गरेको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ग्राहकवर्ग, शेयरधनी तथा आम सर्वसाधारणप्रतिको आफ्नो विश्वास र प्रतिबद्धतालाई निरन्तर सुदृढ बनाउँदै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न सदैव प्रतिबद्ध बैंकले गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर