सगरमाथा जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: २५ कात्तिक २०८१
Image description

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ कार्तिक २६ गते बुधबार बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आज कार्तिक २५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले विद्यमान चुक्ता पूँजीको चुक्ता पूँजीको ५.७५ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीको चौथो वार्षिक साधारण सभा मंसिर १४ गते शुक्रबार, स्मार्ट दरबार शंखरपार्क, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ । सभाले लाभांश सहित कम्पनीको जारी तथा अधिकृत पूँजी वृद्धि, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर