एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा, १०० प्रतिशत हकप्रद निष्काशन गर्ने

अर्थकागज
प्रकाशित: ११ मंसिर २०८१
Image description

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले कम्पनीले हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले उक्त लाभांश वितरण पश्चात कायम हुने चुक्ता पुंजीको २७ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ मंशिर २१ गतेका लागी बुकक्लोज समेत गर्ने निर्णय गरेको त्यसैले मंशिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन्। कम्पनीको उक्त लाभांश साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर