माबिलुङ्ग इनर्जीको सिईओ सजल मास्केको तलव /भत्ता ३ लाख ९० हजारमात्रै, संचालकहरुले बैठक भत्ता लिएनन्

अर्थकागज
प्रकाशित: २४ असार २०८३
Image description

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत -सिईओ) लाई आर्थिक वर्ष २०८१/८२ मा तलव/भत्ता बापत ३ लाख ९० हजार रपैयाँ मात्रै भुक्तानी गरेको छ । यो कम्पनीको सिईओमा सजल मास्के रहेकी छिन् । यो रकम जविद्युत कम्पनीमा कार्यरत सिईओहरुले लिने तलव भत्ता भन्दा धेरै न्युन रहेको छ । नेप्सेमा लिष्टिङ अन्य जलविद्युत कम्पनीको सिईओहरुले करिब १ करोड रुपैयाँको हारहारीमा तलव भत्ता बुझ्ने गरेको वित्तीय विवरणले देखाउँछ । 

यस कम्पनीको संचालकहरुले यस आर्थिक वर्षमा कुनै पनि बैठक भत्ता लिएका छैनन् । कम्पनीको संचालक समितिको अध्यक्षमा होम बहादुर श्रेष्ठ रहेका छन् । कम्पनीका बार्षिक प्रतिवेदन हेर्दा संचालक र व्यवस्थापन खर्च कटौति गरेर सेयरधनीलाई भोलीका दिनमा प्रतिफल दिने गरी काम गरिरहेको प्रष्ट हुन्छ । कम्पनीले ४.९५ मेगावाट क्षमताको माथिलो पिलुवा खोला ३ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८२ साल असोज ४ गतेदेखि व्यवसायिक उत्पादन गर्दै आईरहेको छ ।  कम्पनीले असार २६ गते कुपन्डोल बैंक्वेट, कुपन्डोल ललितपुरमा ६ औं बार्षिक साधारणसभा विहान ११ बजेदेखि गर्दैछ । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर