नेप्सेमा रिडी पावरको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?


नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा रिडी पावर कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।
रिडी पावरलेले निष्काशन गर्न लागेको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । आईतबारको अन्तिम कारोबार मूल्य २७५ रुपैयाँका आधारमा सेयरको मूल्य समायोजन गरिएको नेप्सेले जनाएको हो ।
समायोजनपछि यसको मूल्य २१६ रुपैयाँ ६७ पैसा कायम भएको छ । आज सोमबार नेप्सेमा १९० रुपैयाँ १० पैसामा नै यसको कारोबार खुल्ने छ ।
नेपाल धितोपत्र बोर्डले पुस १९ गते रिडी पावर कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको थियो । बोर्डले रिडी पावरलाई १ः०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । रिडी पावरले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता सेयर हकप्रदको रुपमा निष्काशन गर्ने छ। सेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
प्रतिक्रियाहरू
Ravindra Yadav
1 year ago
रिडी को म किनेको share price 294 थियो आज किन क्क्म भयो मेरो मेरो त समायोजन न हुनु पर्ने हो??
Shares