शिव श्री हाईड्रोपावरले लाभांश वितरण नगर्ने, असोज २३ गतेका लागि डाक्यो साधारणसभा
![](https://arthakagaj.com/frontend/src/img/logo_final_fav.png)
प्रकाशित:
०१ असोज २०८१
![Image description](https://arthakagaj.com/images/20240917025033news_image.sshl.png)
काठमाडौं । शिव श्री हाईड्रोपावर कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ ३१ गते बसेको संचालक समिती बैठकले असोज २३ गतेका लागि साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।
कम्पनीको साधारणसभा बार्षिक साधारणसभा असोज २३ गते बिहान ११ बजेदेखि अनुपम फुडल्यान्ड, बत्तिसपुतली काठमांडौमा सुरु हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश भने वितरण गर्ने छैन ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज १५ गते बुकक्लोज गर्नेछ त्यसैले असोज १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागि हुन सक्नेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares