घलेम्दी हाईड्रोको दशौँ वार्षिक साधारणसभा सम्पन्न

अर्थकागज
प्रकाशित: २८ पुस २०८०
Image description

काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । घलेम्दी हाईड्रो लिमिटेडका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा पुष २९ अर्थात आईतबार सासा बैंक्वेट नयाँबजार, काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले लेखा परिक्षण प्रतिवेदन सहितका आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरुमाथि छलफल गरी पारित गर्नुको साथै आर्थिक वर्ष २०८०/८१ को लागि लेखा परीक्षकको नियुक्ति गर्नुको साथै निजको पारिश्रमिक निर्धारण गरिएको छ ।

कम्पनीले १ :२ को अनुपातमा हकप्रद सेयर निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ । हकप्रद सेयरबाट जम्मा भएको रकम ६३ मेगावाटको छुजुङखोला जलविद्युत आयोजनामा लगानी गर्नेछ । आउने आर्थिक वर्षमा लगानीकताईलाई लाभांश दिने गरी व्यवस्थापन र कर्मचारीले काम गरिरहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रियाहरू

Bijay Raj Pandey

2 years ago

Congratulations ghalemdi hydro project for completing 10th general body meeting.

Bhawani

2 years ago

Thank you for updating current news on time

सम्बन्धित खबर