उदयपुर महोत्सव माघ ११ गतेदेखि हुने
उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले यही माघ ११ गतेदेखि २१ गतेसम्म त्रियुगा नगरपालिका ३ स्थित बसपार्क नजिकको त्रियुगा नदी किनारमा उदयपुर महोत्सवको आयोजना गने भएको छ ।
यस अघि माघ २६ गतेदेखि फगुन ६ गतेसम्म उअयपुर महोत्सव आयोजना गर्ने तयारी गरेकोमा त्रियुगा उद्योग वाणिज्य संघले पनि फागुन १ गतेदेखि १० गतेसम्म प्रादेशिक व्यापार मेला गर्ने तयारी गरेको कारण एकै प्रकृतिका दुई मेला एकै समयमा आयोजना गर्दा शान्ति सुरक्षा दिन नसकिने भएकोले स्थानीय प्रशासनको आग्रहमा जिल्ला उद्योग वाणिज्य संघले आफ्नो कार्यक्रमलाई माघ ११ गतेदेखि प्रारम्भ गर्ने तयारी गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
महोत्सवको शुभारम्भ ११ गते माघ हेलिकप्टरबाट पुष्प वृष्टि गर्दै नगरपरिक्रमा गरेर गर्ने र उद्घाटन माघ १४ गते अर्थमन्त्री माननीय डां प्रकाशशरण महतबाट गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
महोत्सव जिल्ला उद्योग वाणिज्य संघको वार्षिक नीति र कार्यक्रम २०८०।२०८१मा उल्लेख भए अनुसार गर्न लागिएको, अन्य धेरै दृष्टिकोण र प्रविधिहरु मध्ये व्यापार मेला, प्रदर्शनी ्र चाडपर्वहरु नेपाली व्यवसायलाई प्रवद्र्धन र अभिवृद्धि गर्ने सवैभन्दा लोकप्रिय तथा प्रभावकारी माध्यम भएकोले महोत्सव आयोजना गर्न लागिएको जारी विज्ञप्तीमा उल्लेख छ ।
उक्त पत्रकार सम्मेलनमा महोत्सव संयोजक प्रदिप देउजाले महोत्सवमा आयोजना गरिने कार्यक्रमका बारेमा जानकारी दिंदै कृषि, वन, पर्यटन, कला,, संस्कृति, उद्योग र व्यापारः उदयपुरको पहिचान र समृद्धिको आधार मुल नाराका साथ आयोजना गर्न लागिएको उदयपुर महोत्सव २०८० मा २ सयभन्दा बढी स्टल प्रदर्शकहरुको सहभागिता हुने बताए ।
खासगरी कृषि सामाग्री, पशुपंक्षी पालन, हस्तकला, माछा पालन, मधुमौरी पालन, मझौला साना तथा घरेलु लघु उद्योगका उत्पादनमा आधारित पर्यटन र निर्यात योग्य नेपाली उत्पादनलाई प्रदर्शनीमा प्राथमिकता दिने संयोजक देउजाले बताए ।
महोत्सवमा जिल्ला समन्वय समिति उदयपुरको प्रमुख समन्वयमा सहयोगी निकाय रहने गरी जिल्ला उद्योग वाणिज्य संघको मुख्य आयोजनामा , उदयपुरका ४ नगरपालिका , ४ गाउँपालिका गरी आठबटै स्थानीय तहको संलग्नता रहने छ । घरेलु तथा साना उद्योग कार्यालय,कृषि ज्ञान केन्द्र उदयपुर, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालयका साथै शान्ति सुरक्षासँग आवद्ध जिल्ल प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान नेपाली सेना, स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल लगायतको सरकारी निकाय समेत सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । जिल्ला खेलकुद विकास समिति,जिल्ला भित्रको सामाजि संघ संस्थाका साथै जिल्ला स्थित बैङ्क वितिय संस्था,नेपाल घरेलु तथा साना उद्योग महासंघ, जिल्ला भित्रका विभिन्न व्यवसायिक तथा बस्तुगत संघहरु, कृषक महासंघ, पालिका स्तरका व्यापार संघहरुको सहभागि रहने र महोत्सवको व्यापक प्रचार प्रसारकालागि स्थानीय तथा राष्ट्रिय संचार माध्यम लगायतका सरोकारवालाहरुसँग सहकार्य गरिने जानकारी दिइएको छ ।।
जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष चुडामणी कार्कीले महोत्सवको प्रमुख आकर्षणमा मेड इन नेपाल र मेडयन उदयपुर प्याभिलियन, सांस्कृतिक कार्यक्रा, ढिलो साइकल दौड,साहित्यिक प्रतियोगितात्मक कार्यक्रम, कला प्रदर्शनी, रमाइलो मेला बाल मनोरञ्जन पार्क, वाटर फाउन्टेन सेल्फीजोन रहेका छन् । यसै गरी अन्य आकर्षणहरुमा दुईलाख भन्दा बढीले मेला अवलोवmन गर्ने, विभिन्न जातजातिको नेपाली संस्कृति र परम्पराको राष्ट्रियस्तरको प्रदर्शनी, खाना परिकार महोत्सव आदी रहेको बताएका छन् ।
यसैगरी जिल्ला स्तरीय दोहोरी तथा युगलगीत प्रतियोगिता, हेलिकोप्टर उडान, सूचना प्रविधिको प्रवद्र्धन, पशुधन प्रदर्शनी, छुटमा सामान र सेवाहरु बिक्री, स्वदेशी र विदेशी उत्पादनहरुको व्यापक प्रचार प्रसार र बिक्री तथा देश तथा विदेशका प्रदर्शकहरु आगन्तुकहरु मेलामा सहभागि हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
जेष्ठ नागरिक र अपाङ्गलाई परिचयपत्र सहित आएमा प्रवेश निशुल्क गरिएको र अन्यका हकमा भने साधारण टिकट रु.१००। विद्यार्थीलाई रु. ७०। सामुहिक ड्रेसमा आउनेलाई रु. ५० । शुल्क तोकिएको छ ।
महोत्सवमा प्रत्येक दिन प्रवेश टिकटको लक्की ड्रबाट १ जना विजेतालाई मोवाइलउपहार र महोत्सवको अन्तिम दिन महोत्सव अवधिभर बिक्री भएको सम्पूर्ण टिकटको लक्की ड्रबाट १ जना विजेतालाई १ थान वजाज कम्पनिको पल्सर मोटरसाइकल उपहार प्रदान गरिने योजना समेत रहेको पत्रकार सम्मेलनमा जिल्ला उद्योग वाणिज्य महासंघका महासचिव सुनिल कुमार साहले बताए ।
Shares