रोशीका ४४७ विधार्थीहरुलाई सिटिजन लाइफद्वारा न्यानो लुगा वितरण

अर्थकागज
प्रकाशित: ११ पुस २०८१
Image description

 काठमाडौं । देशका विभिन्न भागमा परेको अविरल वर्षाको कारण आएको बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परी धेरै धनजनको क्षति भएको परिप्रेक्षमा काभ्रे जिल्लाको रोशी गाउंपालिका स्थित केहि क्षेत्रलाई निकै प्रभावित पारेको र उक्त वाढि प्रभावित क्षेत्रका बालबालिकाहरुको शैक्षिक गतिविधिमा समेत असर परेकोले अहिलेको जाडो मौसममा उक्त क्षेत्रका बालबालिकाहरुलाई न्यानो पोषाकको आवश्यक भएकोले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले रोशी गाउँपालिकामा स्थित श्री शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विधार्थी तथा श्री मंगल जन विजय माध्यामिक विद्यालयका ४०० जना विद्यार्थीहरुका लागि विद्यालयको जाडो महिनाको पोषाक ट्रयाक सुट वितरण गरेको छ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बि. सी., प्रमुख बजार व्यवस्थापन अधिकृत  भुषण रिमा, प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलको, स्थानीय तहका पधादिकारीहरु, विद्यालयका शिक्षक, विद्यार्थी साथै अभिभावकहरुको उपस्थिती थियो।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत  दिप बहादुर बि. सी. ले यस कार्यले विद्यार्थीको पढाइमा सहज हुने विश्वास व्यक्त गर्नुका साथै, असहज परिस्थितिमा विद्यार्थीलाई सहयोग गर्न पाउदा, स- साना विद्यार्थीको मुहारमा खुसी देख्दा आफुलाई पनि खुसी लागेको र बीमा सबैको लागि अवश्यक छ भन्ने कुरामा जोड दिएर, विद्यार्थी भोलिको देशको कर्णधार भएको भन्दै विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गरेका छन ।

कार्यक्रममा उपस्थित समाजसेवी शंख बुद्ध लामाले आफु संस्थापक भएको विद्यालयमा सहयोग गरेकोमा सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गर्दै बीमा बुढेसकालमा सहारा हुने भएकोले बीमा गर्नुपर्ने कुरामा जोड दिनुभयो अत बीमाले मानिसलाई हुने आर्थिक नोक्सानीलाई न्युनिकरण गर्न सकिने बताउनुभयो ।

कम्पनीका एजेन्सी मेनेजर साथै यस कार्यक्रमका सहजकर्ता अशोक बुद्ध लामाले बीमाले भविष्यमा हुनसक्ने जोखिम कम गर्ने हुनाले जीवन बीमाका लागि सिटिजन लाइफलाई सम्झिन अनुरोध गर्नुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञान बहादुर लामाले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई सहयोगको लागी धन्यवाद ज्ञापन गर्नुभयो।


प्रतिक्रियाहरू

सम्बन्धित खबर