नेको इन्सुरेन्सको ३० औं साधारणसभा सम्पन्न, १५.७८९४ प्रतिशत लाभांश पारित

अर्थकागज
प्रकाशित: १० फागुन २०८२
Image description

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडको ३० औं बार्षिक साधारणसभा आज लिसरा रिसेप्सन, नक्साल काठमाडौंमा सम्पन्न भएकोछ ।

कम्पनीका संचाकल समितिका अध्यक्ष रमेश कुमार निरौलाको अध्यक्षतामा सम्पन्न सभाले १५.७८९४ प्रतिशत लाभांश पारित गरेको छ । जसमा १२.७८९४ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर रहेको छ । 

त्यसैगरी साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र गत आवको लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरेको छ र चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारश्रमिक निर्धारण पनि गरेको छ।

त्यसैगरी बोनस शेयर वितरण पश्चातको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृति दिने र आवश्यता अनुसार तथा नियामक निकायहरूबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर