सर्वोत्तम सिमेन्ट लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत लाभंश पारित

अर्थकागज
प्रकाशित: २९ मंसिर २०८२
Image description

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको सातौं वार्षिक साधारण सभा मंसिर २६ गते शुक्रबार बिहान ११ बजे होटल सिद्धार्थ भिलासा रुपन्देही भैरहवामा सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपाने को अध्यक्षतामा सम्पन्न भएको छ । उक्त साधारण सभामा ७६% भन्दा बढी शेयर धारण गर्ने शेरधनीहरूको उपस्थित भएको थियो । साधारण सभामा कम्पनीका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले दीप प्रज्वलनसहित उद्घाटन गरेका थिए भने उद्घाटन कार्यक्रममा सञ्चालक समितिका अन्य सदस्यहरुले समेत साथ दिएका थिए ।

सभाको उद्घाटनसँगै सञ्चालक समितिका अध्यक्षले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिएको प्रतिवेदन तथा अध्यक्षको मन्तव्य सहितको प्रतिवेदन सभा समक्ष पेश गरेका थिए । उक्त प्रतिवेदन माथि सहभागी शेरधनीहरूले छलफलमा भाग लिँदै कम्पनीले हाल राम्रो काम गरिरहेको र आगामी दिनमा समेत अझै राम्रो प्रगति गर्नुपर्ने कुरामा विशेष जोड दिएका छन् । शेरधनीहरूले सभाको छलफलमा उठाएका विषयवस्तुलाई कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले जवाफ दिएका थिए । साधारण सभामा अध्यक्षले प्रस्तुत गरिएको सञ्चालक समितिको प्रतिवेदन वासलात तथा कम्पनीको समग्र विषयवस्तुमाथि छलफल भएपश्चात साधारण सभाले सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पास गरेको थियो । साधारण सभाका प्रस्तावहरुमा आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पास गरेको थियो । भने लेखा परीक्षण प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वित्तीय विवरण वासलात नाफा नोक्सान नगद प्रवाह विवरण सहित को वित्तीय विवरण समेत पास गरेको थियो। कम्पनीले २०८१/०८२ को मुनाफाबाट २०% लाभंश पास गरिएको थियो । जसमा ५% बोनस र १५% नगद लाभंश करसहित साधारण सभाले पास गरेको थियो । साधारण सभाले लेखापरीक्षकको नियुक्ति तथा बोनस सेयर वितरण गरेपश्चात प्रबन्धपत्र नियमावलीमा संशोधन लगायतका लेखापरीक्षक नियुक्ति लगायतका विषयवस्तुहरू समेत सभाले पारित गरिएको थियो ।

वार्षिक साधारण सभाको समापन कम्पनीका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले गरेका थिए । यसै सन्दर्भमा कम्पनीका अध्यक्षले कम्पनी

भावी दिनमा समेत राम्रो हुने र देशकै अग्रणी सिमेन्ट कम्पनी बन्न प्रयासरत रहने कुरा बताउँदै शेयरधनीहरुलाई अझै बढी लाभंश कसरी

दिन सकिन्छ भनेर अहोरात्र खटिरहेको जानकारी दिएका थिए । अध्यक्ष न्यौपानेले सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा

सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग भएको र हाल ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको सिमेन्ट प्लान्ट तथा ३०००

मेट्रिक टन प्रति दिन क्षमता भएको क्लिंकर प्लान्टका साथ आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र

नेपाल गुणस्तर का साथै भारत गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन

पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर बिक्रीवितरण गरिरहेको छ भने भारतमा समेत निर्यात गर्दैतथा लोकप्रियता कमाउँदै आएको

सभामा बताए । उक्त साधारण सभा अधिवक्ता कमल कुमार भारतीले सञ्चालन गरेका थियो भने साधारण

सभामा शेरधनीहरूको उपस्थिति सँगै कम्पनीका विभिन्न विभागमा रहेर काम गर्ने विभागीय प्रमुखहरूको समेत उपस्थिति रहेको थियो।


प्रतिक्रियाहरू

सम्बन्धित खबर