हल्लाले हल्लाउछ शेयर बजारलाई ?
प्रकाशित:
०२ फागुन २०८१
कतिपयको भनाइमा शेयरबजारलाई हल्लाले हल्लाइ रहेका हुन्छ । त्यसोत धेरैको भनाइमा कतिपय लगाीकर्ताहरु शेयरबजार प्रति जानकार नै छैनन भने धेरै जसो शेयरबजार प्रति सचेत छैनन् । शेयर बजारमा हल्लाको खेती गरेर आफ्नो स्वार्थ सिद्ध गर्नेहरु पनि नभएका होइनन् । यिनिहरुले हल्लाको खेती गर्न लगाीकर्ताहरुमा भ्रम छर्नको लागि सामाजिक संजालको प्रयोग र केही बिश्लेषकहरु र बिज्ञहरुलाई समेत प्रयोग गरेको देखिन्छ । कतिपय लगाीकर्ताहरु कम्पनीको सुचांकको अध्ययन नगरी बजारको ट्रेण्डलाइ मात्र हेरेर लगानी गर्ने गरेका छन् । उदाहरणको लागि केहि महिना पहिले साढे २ सयको नेपाल फाइनान्सको शेयरलाई ५ हजार पुग्छ भनेर हल्ला गरेर २६ सय भन्दा बढि पुर्याएको थियो । पछिल्लो समयमा यसको शेयरबजारमा ७ सय र ८ सयको बिचमा कृष्णाको चक्र जस्तै घुमिरहेका छन् । शेयरबजारमा लगानी गर्ने लगाीकर्ताहरु शेयरबजार प्रति जानकार नै नराखि खालि बजारमा हल्ला र बढेको शेयरको ट्रेण्डलाइ हेरेर शेयरको कारोबार गर्दा लगाीकर्ताहरु डुब्ने सम्भावना रहन्छ र शेयरबजारमा शेयरको मुल्यलाइ हेरेर लगानी गर्दा कर्णाली डेभलपमेण्ट बैकका लगाीकर्ताहरु लगानी ब्लक भएको छ ।
कर्णाली डेभलपमेण्ट बैक संकटग्रष्त हुने सुचना बाहिर आउँदा पनि कर्णाली डेभलपमेण्ट बैकको शेयरमा सकारात्मक सर्किट लागेको थियो । अहिले बैक संकट ग्रष्त घोषणा भइसकेको छ । यस्तै पोखरा फानान्सका लगाीकर्ताहरुल पनि यस्तै नियति भोग्न पर्ने देखिने सम्भावना रहेका छन् । पोखरा फाइनान्स मर्जरमा जानको लागि पार्टनर खोज्दैछ तैपनि पोखरा फाइनान्सको शेयर मुल्यमा पनि सकारात्मक सर्किट लाग्ने गरेका छन् । यदि पोखरा फाइनान्स मर्जरमा गए मर्जरपछि पोखरा फाइनान्सको बजारमा शेयरको भाउ घट्न सक्ने सम्भावना छ भने स्वाप रेसियोमा पनि कमि आउने सम्भावना रहेका छ । शेयरबजारमा चर्चा छ लगाीकर्ताहरु के को आधारमा शेयरमा लगानि गर्ने गरेका छन भनेर अच्चम मान्नेहरु पनि नभएका होइनन् । शेयरबजार भनेको नेता सांसदहरुले भने जस्तो जुवा होइन र लंगुरबुर्जा पनि होइन । शेयरबजार भनेको देशको अर्थतन्त्रको ऐना हो । देशको अर्थतन्त्रको एउटा पाटो हो । ब्यापार ब्यबसाय पनि हो भन्दा फरक नपर्ला । शेयरबजारले देशको लागि आबश्यक पुँजी निर्माण गर्दछ । शेयबजारले देशमा छरिएर रहेका पुँजीहरुलाई एकिकृत गर्ने काम गर्छ भने शेयरबजारले सरकारलाई बर्षमा अरबौ राज्वस तिर्ने गरेका छन् । यस्तो सबेदनशिल शेयरबजारमा लगानी गर्दा हल्लाको भरमा अरुको देखासिखि गरेर कम्पनीको शेयरको भाउ बृद्धिलाई हेरेर लगानी गर्ने होइन कम्पनप्को फण्डामेण्टललाई हेरेर शेयर खरिद गर्न पर्ने देखिन्छ ।
शेयरबजारबाट लगानीकर्ताहरुले गुमाउने होइन कमाउने हो । यसको लागि शेयरबजार सम्बन्धि आधारभुत ज्ञान र जानकार िलिन पर्ने देखिन्छ । त्यसोत कतिपय शेयरबजारका जानकारहरु बिज्ञ बिश्लेषकहरुको भनाइमा राम्रो कम्पनीलाई छानेर कम्पनीको सुचाकहरु हेरेर इपिएस, पिइरेशियो, कम्पनीको नेटवर्थ, कम्पनीको रिजर्भ र कम्पीको पिइरेशिया हेरेर मात्र शेयरमा लगानी गर्न पर्दछ भन्ने भनाइलाई केहि लगानीकर्ताहरुले टोपी लगाइ दिने गरेका छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares