प्रभु महालक्ष्मी लाइफको सीईओमा सन्तोष प्रसाई नियुक्त
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।
नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति) बाट बीमा क्षेत्रमा प्रवेश गरेका प्रसाईलाई बीमा क्षेत्रमा अनुभवी व्यक्तिको रुपमा चिनिन्छ । प्रसाईसँग नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरेको अनुभव छ ।
साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गर्दै गर्दा साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बीच मर्जर पश्चात् बनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए ।
२०८० फागुन १८ गते शुक्रबार बसेको संचालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षे कार्यकालका लागि नियुक्ति प्रदान गरेको छ । प्रसाई चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।
Shares