कालिन्चोक दर्शनको नाफामा उछाल, ६५३ प्रतिशतले बढ्यो आम्दानी

अर्थकागज
प्रकाशित: २८ माघ २०८०
Image description

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले ६४ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ९८ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।

यस अवधिमा कम्पनीले ३ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५३.०८ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४५ लाख ६१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ६८ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ३७ लाख रुपैयाँ धनात्मक भएको छ।

५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ १६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ९४ पैसा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर