एक वाणिज्य बैंकसहित २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: २० कात्तिक २०८१
Image description

काठमाडौं । आज बुधबार नेप्सेमा सुचिकृत एक वाणिज्य बैंक सहित २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सानिमा बैंक लिमिटेड र आशा लघुवित्त वित्तिय संस्था लिमिटेडका आजसम्म कायम सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सानिमा बैंक र आशा लघुवित्त वित्तीय संस्थाले कात्तिक २५ गते, आइतबार, बुकक्लोज गर्नेछन् भोलि बिहिबार छठ पर्वको सार्वजनिक विदा परेकाले आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन्।

सानिमा बैंकले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो भने आशा लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सानिमा बैंकको २० औँ वार्षिक साधारण सभा मंसिर ४ गते, मंगलबार, बिहान ११ बजेदेखि आम्रपाली बैङक्वेट, भाटभटेनी, काठमाडौँमा शुरु हुनेछ भने

आशा लघुवित्त वित्तीय संस्थाको ८ औं वार्षिक साधारण सभा मंसिर ७ गते, शुक्रबार, होटल उग्रचण्डी, बनेपा–७, बनेपा बजार, काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजेदेखि शुरु हुनेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर