गाईघाटमा जुत्ता चप्पल महोत्सव हुने

माधव पोखरेल
प्रकाशित: ०६ चैत २०८०
Image description

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारमा बुधबारबाट चैत्र महिनाभरी जुत्ता चप्पल महोत्सवको आयोजना हुने भएको छ ।

सोमबार साँझ सामुहिक नेपाली जुत्ता चप्पल बिक्री कक्ष गाईघाटद्धारा आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका नवराज घिमिरेले विभिन्न ब्राण्डका नेपाली उत्पादनको बजार तथा व्यापार प्रवद्र्धन गर्न र नेपालमा पनि उत्कृष्ट जुत्ता चप्पल उत्पादन हुन्छन भन्ने ग्राहकहरुलाई बुझाउन, देखाउन र प्रयोग गर्न प्रोत्साहित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताएका छन ।

पत्रकार सम्मेलनमा वितरित प्रेस नोटमा नेपालमा आर्थिक मन्दी र बैंकहरुमा देखिएको आर्थिक तरलता तथा अभावका कारण देशको आर्थिक अवस्था कमजोर भएको, अन्य आर्थिक गतिविधिहरु पनि चलायमान नभएको अवस्था छ । देशमा कृषि, पर्यटन, तथा अन्य उत्पादन मुलक उद्योग तथा उत्पादनका क्षेत्रहरु धमाधम बन्द हुँदै गएकोले आर्थिक संकटका कारण उद्योगीहरुले आत्महत्याको निर्मम बाटो रोजेको अवस्था छ ।े यस्तो विषम अवस्थामा उद्यमी व्यवसायीहरुलाई सकारात्मक सोंचमा ल्याउन देशको अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउन केही न केही गरौँ भन्ने भावना र सोंचमा लागेर यो नेपालमै उत्पादित जुत्ता चप्पल महोत्वमा लागेको उल्लेख छ ।

नेपाली उत्पादन प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराकासाथ आयोजना गर्न लागिएको यस महोत्सवले उद्योगलाई ग्राहकसँग जोड्ने भएकोले धेरै ग्राहक बनाउन र उत्पादनलाई नेपालका सम्पूर्ण ग्राहकहरुका माझमा लैजान मद्दत गर्ने ह्ुँदा व्यापार प्रवद्र्धनमा पनि सहयोग पुग्ने घिमिरेले बताए ।

यो अभियान कोशी प्रदेशका ५ ठाउँमा संचालन गर्ने लक्ष्य रहेकोमा पाँचौ स्थानका रुपमा गाईघाटमा आयोजना गर्न लागिएको र यहाँको व्यवस्थापन स्थानीयलाई नै जिम्मा दिएर महोत्सवका रुपमा जुत्ता चप्पल मेला आयोजना गरिने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य घिमिरेले बताए ।

गाईघाटमा हुने महोत्सवमा चैत्र महिना भरीमा १ करोडको जुत्ता चप्पलको व्यापार गर्ने लक्ष्य रहेको र त्यसपछि मासिक रुपमा १० लाख माथिको व्यापार गाईघाटबाट नै गर्ने लक्ष्य रहेको घिमिरेले बताए ।

नेपामा वार्षिक रुपमा ३५ अर्बभन्दा बढीको जुत्ता चप्पलको कारोबार हुने र वार्षिक लगानी १७ अर्बभन्दा बढी हुने गरेको जानकारी दिंदै महोत्ससपका संयोजक होमनाथ उपाध्यायले बताए ।

नेपाल जुत्ता चप्पलमा पूर्ण आत्मनिर्भर रहेको तर राज्यको नीतिले गर्दा उद्योग संकटमा परेको जानकारी दिंदै संयोजक उपाधयायले नेपालमा ठूला, मझौला, साना तथा घरेलुसमेत गरेर जम्मा करीब १ हजार ५ सय जुत्ता चप्पल उद्योग रहेको छ । २०७२ सालको भूकम्प अघिसम्म २५ करोडका जुत्ता चप्पलको बेदेशिक व्यापार हुन्थ्यो भने हाल वार्षिक ८८ करोडको व्यापार हुने गरेको छ भने विश्वका १८ देशमा नेपालमा उत्पादित ज्त्ता चप्पल बिक्री हुने गरेको छ ।

नेपालमा १० वटा जुत्ता चप्पल उद्योगले दैनिक १० हजारजोर उत्पादन गर्ने गरेको र सबै उद्योगको उत्पादन क्षमता एकै प्रकारको नभई फरक फरक भएको जानकारी दिंदै घिमिरेले महोत्सवमा हजारौ डिजाइनका जुत्ता चप्पल २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटमा उपलब्ध हुने बताए ।

महोत्सव बिहान ९ बजेदेदि साँझ ८ बजेसम्म खुला रहने, नेपाका स्थापित जुत्ता चप्पल उत्पादक ५ बटा कम्पनि र ब्राण्डहरुको सहभागिता रहनेछ । महोत्सवमा ३ हजारभन्दा बढी डिजाइन र मोडलका जुत्ता चप्पलहरु रहने छ भने स्वदेशमै उत्पादित गुणस्तरीय उत्पादन र नयाँ उत्पादनलाई अगाडि सारिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

महोत्सव अवधिभरमा करीब ३ लाख जनालाई अवलोकन गराउन प्रवेश निशुल्क गरिएको जानकारी दिइएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर