अर्थतन्त्रमा आएको स्लोडाउन र अराजकताले कर्जाको रिकभरीमा समस्या: गभर्नर

अर्थकागज
प्रकाशित: ०७ माघ २०८१
Image description

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा देखिएको स्लोडाउन र कर्जा नतिर्न उस्काउने अराजक गतिविधिले बैंकको रिकभरीमा समस्या देखिएको बताएका छन् । कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा मन्तव्य व्यक्त गर्दै गभर्नर अधिकारीले अर्थतन्त्रमा सुधारको संकेत देखिएकोले यस्ता समस्या विस्तारै निराकरण हुँदै जाने प्रक्षेपण गरेका छन् । विद्यमान अवस्थामा अर्थतन्त्रका सुचकहरु राम्रा रहेको उनको दाबी छ । पछिल्लो समय बाढि पहिरोको कारणले गर्दा मूल्य बृद्धिमा नकारात्मक असर पारेको उनले बताए । यसले खाद्यान्नमा ठुलो असर पारेको उनको भनाइ छ । उनले बैंकिङ प्रणाली एकदमै राम्रो सँग सञ्चालन भइरहेको दाबी गरेका छन् । उनले भने 'बैंकिङिङ प्रणालीमा तरलता एकदमै राम्रो छ वेल क्यापिटलाइज छन् । भलै अलिकति स्ट्रेस प्रफिटमा छ रिकभरीमा छ ।' रिकभरीमा रहेको स्ट्रेस दुई किसिमबाट गाइडेड भएको उनले बताए । उनले थपे, अर्थतन्त्रमा स्लोडाउन भएको असर रिकभरीमा देखिएको छ भने अर्को एक किसिमको अराजक गतिविधि पनि प्रभाव पारेको छ । बैंकको ऋण नतिर्नलाई उस्काउने अराजक गतिविधिको असर धेरै ठाउँमा देखिएको अधिकारीले दाबी गरे । यसका बाबजुद पनि बैंकरहरु खटिरहेको भन्दै उनले प्रशंसा समेत गरे । यस्ता अराजक गतिविधिले दीर्घकालिन रुपमा हाम्रो अर्थतन्त्रमा धेरै असर पार्ने उनले आकलन समेत गरे ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर