अरुण भ्यालीको १९ लाख कित्ता लिलामी सेयरमा आजदेखि आवेदन दिन पाईने

अर्थकागज
प्रकाशित: १० वैशाख २०८१
Image description

अरुण भ्याली हाईड्रोपावर कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरमा आजदेखि लिलामीका लागि आवेदन दिन सकिने छ । कम्पनीले आज वैशाख १० गतेदेखि १९ लाख ९२ हजार १३४ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको हो ।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद २०८१ वैशाख २४ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।

इच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नारायणचौर, नक्साल काठमाडौं,मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु ठिमी, भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुंगा पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर बाट आवेदन दिन सक्ने छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर