आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २६ औंँ वार्षिक साधारणसभा सम्पन्न

अर्थकागज
प्रकाशित: २० फागुन २०८०
Image description

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २६औंँ वार्षिक साधारणसभा काठमाडौँमा सम्पन्न भएको छ।

साधारणसभामा सम्पूर्ण सेयरधनीलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले नेपाली बिमा बजारमा छुट्टै पहिचान स्थापित गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए। गत वैशाख २७ गतेबाट साविक आइएमई जनरल इन्स्योरेन्स लि र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि मर्जर भई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार हुँदै आएको छ।

अध्यक्ष ढकालले नेपालमा विकास निर्माणका लागि सड्क, जलविद्युत्, कृषि, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा प्रचुर सम्भावना रहेको बताए। उनले भने, ‘सरकारले उच्च प्राथमिकताका साथ लगानी मैत्री वातावरण सिर्जना गरी स्वदेशी तथा विदेशी लगानीलाई विशेष प्रोत्साहन गर्न सके देश भित्रै रोजगारीको सृजना भई देश आर्थिक समृद्धिको बाटोमा लम्किनेछ।’

साधारणसभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष ढकालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। साथै आगामी चार वर्षका लागि संस्थापक समूहबाट हेमराज ढकाल, विशाल अग्रवाल, अम्बिकाप्रसाद पौडेल र कृति टिवडेवाल साथै सर्वसाधरण समूहबाट राजेन्द्रसिंह भण्डारी र अमित अग्रवाल सञ्चालक पदमा निर्विरोध निर्वाचित भएको नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जानकारी दिए।

प्रतिक्रियाहरू

सम्बन्धित खबर