मण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड
माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ (आज) आइतबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको भवमा साढे ९ बज आईपीओ बाँडफाँड सम्पन्न भएको हो ।
माग भन्दा बढी आवेदन परेका कारण आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । सेयरधनी लक्ष्मण श्रेष्ठले बल तानेका थिए । जसअनुसार १ लाख २० हजार ५३२ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । यस हिसाबले यो आईपीओमा साढे ८ लाख बढीको हात खाली भएका छन् ।
कम्पनीले गत भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो। यसमा आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री नभएको ७९ हजार ३० कित्ता सेयर थपिएको थियो।
यो आईपीओमा कम्पनीले प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थप गरेको थियो । यसको अर्थ सर्वसाधारणले आईपीओ भर्दा प्रतिकित्ता २०६ रुपैयाँ तिरेका छन् ।
Shares