काँग्रेसलाई प्रश्न गर्न गगन थापाको आह्वान, आफैले जवाफ दिने

अर्थकागज
प्रकाशित: ०५ फागुन २०८२
Image description

काठमाडौँ । नेपाली काँग्रेसले आम जनताका प्रश्नको उत्तर दिने भएको छ । विहिबार काठमाडौँको राष्ट्रिय सभामा एक कार्यक्रमको आयोजना गर्दै काँग्रेस सभापतिले आम जनताक प्रश्नको जवाफ दिने बताएका छन् ।

उनले काँग्रेस प्रतिज्ञा लिएर आएको छ, तपाईँ प्रश्न लिएर आउनुस् भन्दै राजनीतिक दलहरू जबाफदेही हुनुपर्ने र प्रश्नबाट भाग्ने होइन, प्रश्नको सामना गर्ने बताएका छन् ।

सभापति थापाले काँग्रेसले सबैका प्रत्यक्ष उत्तर दिन विहिबार राष्ट्रिय सभा गृहमा उपस्थित भने जानकारी दिएका छन् ।

विहिबार काँग्रेसको यो कार्यक्रम दिउसो साढे १२ बजेदेखि ४ बजेसम्म सभागृहमा हुने छ । साथै विदेशमा रहेकाले पनि https://askgagan.com वा इमेल मा gaganthapasecretariat@gmail.com मार्फत आफ्ना प्रश्नहरू राख्न सक्ने थापाले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर