सागर डिष्टिलरीको आईपीओ भर्नु भयो ? आवेदन दिने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: ०४ असोज २०८२
Image description

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको आईपीओ भर्नु भयो ? नभरेको भए भरिहाल्नु होलो । किन कि आज आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ३० गतेदेखि आईपीओ निष्काशन गरिरहेको छ ।

यसअघि असोज २ गतेसम्म आवेदन दिन पाउने भनिएको थियो । १ गते सार्वजनिक बिदा परेकाले असोज ५ गतेसम्मका लागि म्याद थप भएको हो ।कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपियाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपियाँबराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ भने ४३ हजार ५ सय ६० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।त्यस्तै कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि बाँकी ११ लाख ९० हजार ६ सय ४० कित्ता सेयर निष्काशन गरेको छ । उक्त कम्पनीको सेयर १ लाख १९ हजार ६४ जनाले १०–१० कित्ताका दरले पाउनेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर