भूगोल इनर्जी डेभलपमेन्टको बिशेष साधारणसभाबाट १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित

अर्थकागज
प्रकाशित: २२ साउन २०८२
Image description

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको बिशेष  साधारणसभाबाट १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित भएको छ ।

आज काजीको किचन, पुरानो बानेश्वर, काठमाडौंमा सम्पन्न विशेष साधारणसभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १ : १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने र सो अनुसार प्राप्त हुने रकमको उपयोग बारेमा संचालक समितिले गरेको निर्णय पारित गरेको छ । त्यसै गरी विशेष सभाले अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने गरी प्रबन्धकपत्रको दफा ६ मा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरको छ । 

विशेष सभामा बोल्ने अधिकांश सेयरधनीहरुले हकप्रद सेयरको प्रस्तावलाई स्वागत गरेका थिए । सभाबाट पारित भएको हकप्रद सेयर निष्काशन प्रकृया अगाडि बढाउन संचालक र व्यवस्थापन टिमलाई अनुरोध समेत गरेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर