नेप्से २४ अंकले बढ्यो, लगानीकर्ताको रोजाइमा बैंकिङ समूह

अर्थकागज
प्रकाशित: ३१ वैशाख २०८१
Image description

काठमाडौं । सेयर बजार आज २४ दशमलव ३९ अंकले बढेको छ । ३२० कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता शेयर बिनबेच हुँदा ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर किनबेच भएको छ । आज यस कम्पनीको ३० करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सिइडिबी हाइड्रोपावरको २८ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कर्णाली डेभलपमेन्ट बैंकको ९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ६ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त वित्तीय संस्था र माण्डु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएको छन् । सृजनशिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । यता, सबैभन्दा धेरै सिवासी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

लगानीकर्ताको रोजाइमा बैंकिङ समूह

आज लगानीकर्ता बैंकिङ समूहतिर आइपुगेका छन् । लामो समयदेखि घटिरहेको वाणिज्य बैंक समूहको सूचकमा सोमबार एकाएक तेजी देखिएको हो । यो समूह ३.२१ प्रतिशतले बढेको हो । १३ मध्ये ८ वटा समूहका सूचक बढेका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर