रिडी पावरको लिलामी सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन
रिडी पावर कम्पनी लिमिटेडले चैत्र २९ गतेदेखि विक्रि खुला गरेको अवितरित हकप्रद सेयरको लिलामीका लागि बोलपत्र पेश गर्नेे आज आईतबार अन्तिम दिन रहेको छ ।
यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीले माघ २१ गतेसम्म कायम शेयरधनीहरुलाई १ बराबर ०।५० अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता शेयर चैत २९ गतेदेखि शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गरेको थियो।
इच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नारायणचौर, नक्साल काठमाडौं,मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु ठिमी, भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुंगा, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर बाट आवेदन दिन सक्ने छन् ।
Shares