हाथवे इन्भेष्टमेन्ट कम्पनी घाटामा, ४८ प्रतिशतले घट्यो सञ्चालन आम्दानी
प्रकाशित:
२७ माघ २०८०
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
समिक्षा अवधिमा कम्पनीले ५९ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४८.३५ प्रतिशतले घटेर ३ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी ४८.१८ प्रतिशत घटेको छ भने कुल खर्च १५.०५ प्रतिशत बढेको छ।
१ अर्ब १७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७० करोड ७५ लाख सन्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी ५१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८३ रुपैयाँ ४ पैसा रहेको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares