नेप्से र कारोबार रकम दुवैमा गिरावट, किन हुँदैछन् यसरी लगानीकर्ता निरास ?


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से २९.८१ अंकले घटेको छ । केही दिन अघिदेखि निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज यस दिन नेप्से सूचक १९६०.७८ अंकको विन्दुमा आईपुगेको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ ।
सेन्सेटिभ इन्डेक्स समेत आज ५.०९ अंकले घटेर ३७६.६२ अंकको विन्दुमा झरेको नेप्सेले जनाएको छ ।
घटेको बजारमा कूल १ अर्ब १८ करोड ६६ लाख १८ हजार रुपैयाँ बराबरको ४० लाख ५३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएकोे छ ।
होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा बढी ३.०३ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक ३.०३ प्रतिशतले र जीवन बीमा र नर्जीवन बीमा समूहको उपसूचक समान २/२ प्रतिशतले घटेका छन् ।थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
किन हुँदैछन यसरी लगानीकर्ता निरास ?
तपाईहरुले आफ्नो मनमा लागेको कुराहरु कमेन्टमा लाग्न सक्नुहुनेछ ।
प्रतिक्रियाहरू
Dip shrestha
1 year ago
long term investors were diluted by 4-12 crore policy. Only small investors money is not sufficient to uplift all right , new IPO and secondary market.
Shares