प्राइम कमर्सियल बैंकले डिबेञ्चर जारी गर्ने, बार्षिक ८ प्रतिशत ब्याज
प्रकाशित:
२७ असार २०८१
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले “८% प्राइम डिबेञ्चर २०९१” जारी गर्ने भएको छ । बैंकले ३०,००,००० कित्ता बराबरको “८% प्राइम डिबेञ्चर २०९१” जारी गर्न लागेको हो । बैंक “८% प्राइम डिबेञ्चर २०९१” जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंक र क्यापिटल बीच सहकार्यको लागि सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीमराज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो ऋणपत्रहरूको अवधि १० वर्ष र वार्षिक ८ प्रतिशत ब्याजदर रहेको छ । अंकित मुल्य १००० रुपैयाँ रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares