फरवार्ड माइक्रोफाइनान्स २ करोड घाटामा, अन्य अवस्था कस्तो ?


काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा लघुवित्तले २ करोड ५८ लाख ७९ हजार रुपैयाँ नोक्सानी व्यहारेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १२ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ०.०१ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा १ करोड ९३ लाख ४५ हजार रुपैयाँ ऋणात्मक छ । त्यस्तै लघुवित्तको खराब कर्जा बढेर ७.७१ प्रतिशतमा पुगेको छ गत बर्षको यहि अवधिमा संस्थाको खराब कर्जा ३.९० प्रतिशतमा सिमित थियो ।
लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ ०१ पैसा छ । समिक्षा लघुवित्तको निक्षेप १.६३ प्रतिशतले बढेको छ भने र कर्जा लगानी भने ३.३१ प्रतिशतले घटेको छ । १ अर्ब ५ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको रिजर्भमा १ अर्ब २२ करोड रुपैयाँ सञ्चित छ।
Shares