'सेयर बजार,सूचक र लगानी सुरक्षाको ठेक्का कसैले लिन सक्दैन, कसैले ठेक्का लिन खोज्छ भने आफै फस्छ'
प्रकाशित:
०६ भदौ २०८०
तस्बिर : फाइल
काठमाडौं । सेयर बजारका चर्चित लगानीकर्ता तिलक कोइरालाले पुँजी बजार भारी जोखिमको ठाउँ भएको बताएको छन् ।
सेयर बजार, सूचक र लगानी सुरक्षाको ठेक्का कसलै लिन नसक्ने लगानीकर्ता कोइरालाको भनाई छ । यदि कसैले बजारको ठेक्का लिन खोज्छ भने उ आफै फस्ने कोइरालाको तर्क छ ।
सेयर बजारको बृद्धि र विकासको लागि कोइरालाले समय समयमा आन्दोलन समेत गर्दै आइरहेका छन् ।आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लगानीकर्तालाई सचेत बनाउने स्टाटस राख्ने गर्दछन् ।
सेयर बजारको आन्दोलन भन्ने वित्तीकै आम सेयर लगानीकर्ताले सम्झने नाम हो तिलक कोइराला । कोइरालाले सेयर बजारको लागि नियम निकायको कार्यालय अगाडि अनसन बस्नेदेखि सडक आन्दोलन समेत कोइरालाको नेतृतवमा हुँदै आएको छ ।
कोइरालालाई केही व्यक्तिको स्वार्थको लागि परिचालित भएको आरोप समेत बजारमा लाग्ने गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares