नबिल बैंकको ऋणपत्र आजदेखि बिक्री खुला, वार्षिक ७% ब्याज पाईने

अर्थकागज
प्रकाशित: ०६ साउन २०८२
Image description

काठमाडौं । नबिल बैंक लिमिटेडले आज (साउन ६ गते) देखि ऋणपत्र बिक्री खुला गरेको छ ।

बैंकले ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्कासन गर्न असार १२ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसअनुसार बैंकले ३ अर्ब रुपियाँबराबरको प्रतिकित्ता १ हजार रुपियाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सार्वजनिक निष्कासनमार्फत (सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको ६० हजार कित्तासहित) बिक्री गरिनेछ ।

८ वर्षे अवधिको यो ऋणपत्रको वार्षिक ब्याजदर भने ७ प्रतिशत हुनेछ । यसमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताको माग गर्दै आवेदन दिन सक्नेछन् ।

आवेदन दिने अन्तिम मिति साउन ९ गतेलाई तोकिएको छ । यद्यपि, तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा म्याद २० गतेसम्म लम्बिनेछ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर