नेपाल लाइफको ५ लाख कित्ता शेयर बिक्रीमा
प्रकाशित:
२३ चैत २०८१
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाख २३ हजार ११२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।
साथै तोकिएको म्याद भित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।
प्रतिक्रियाहरू
santabahadurbk bisokarma
1 year ago
Good
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares