राप्ती हाइड्रोको अवितरित हकप्रद साउन १३ गतेदेखि बिक्रीमा

अर्थकागज
प्रकाशित: ०५ साउन २०८२
Image description

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साउन १३ गतेदेखि अवितरित हकप्रद सेयर लिलाममार्फत बिक्रीमा ल्याउने भएको छ ।

कम्पनीले असार १० देखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपियाँका दरले १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयरको बिक्री खुलाएको थियो । उक्त हकप्रदमा जेठ ५ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिएका थिए ।

रीतपूर्वक आवेदन दिएकाहरू सेयर बाँडफाँट गरिसकिएको र बाँकी रहेको ७ लाख ४ हजार १११ कित्ता सेयर कम्पनीले लिलामी बढाबढमार्फत बिक्री गर्न लागेको हो ।

यसमध्ये सर्वसाधारण समूहतर्फको ५ लाख ६४ हजार १० कित्ता लकइनमा नरहेको सेयर हो भने सोही समूहको १ लाख ४० हजार १०१ कित्ता सेयर यही साउन ८ गतेसम्म लकइनमा रहने सेयर हो । प्रतिकित्ता १०० रुपियाँ तोकिएको उक्त सेयर किन्न इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले साउन २० गतेभित्र आफूले के कति दररेटमा लिने हो सोको विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताको माग गर्दै आवेदन दिन सक्नेछन् ।

बोलपत्र आवेदन फाराम मुक्तिनाथ क्यापिटल लिमिटेडको प्रधान कार्यालय नारायणचौर, नक्साल, काठमाडौंका साथै मुक्तिनाथ विकास बैंकका ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुंगा, बागलुङ, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगर कार्यालयमा पाइनेछ भने सोही स्थानमा बुझाउन सकिने छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर