सिमलताल नजिकको पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

अर्थकागज
प्रकाशित: १० साउन २०८३
Image description

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान पहिरो खस्दा अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान खसेको पहिरो हटाएपछि उक्त सडकखण्डमा सवारीसाधनको आवागमन पुनः सुचारु गरिएको हो । 

यसअघि पहिरोका कारण केही समयका लागि दुवैतर्फको यातायात अवरुद्ध भएको थियो । पहिरो हटाउने कार्य सम्पन्न भएपछि सडकमा सवारी आवागमन सामान्य रूपमा सञ्चालनमा आएको कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर