कान्तिपुरका मालिक कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी

अर्थकागज
प्रकाशित: ०८ जेठ २०८१
Image description

काठमाडौं । जिल्ला अदालत धनुषाले कान्तिपुर दैनिकका मालिक कैलास सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । नागरिकता सम्बन्धि कसुरमा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले जनाएको छ ।

सिरोहिया विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा यसअघि नै नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएपछि प्रहरीले उनी विरुद्ध पक्राउ अनुमतिका लागि जिल्ला अदालत धनुषामा माग गरेको थियो ।

यसअघि नै सिरोहियाले गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रहरी शक्तिको दुरुपयोग गरि धरपकड गर्न सक्ने आशंका गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

आफूले सञ्चालन गरेको सञ्चारमाध्यमको सामग्रीका कारण आफूमाथि प्रतिशोध साध्न खोजिएको र नागरिकताको बहानामा आफूलाई पक्राउ गरी हतोस्साहित गर्न खोजिएको भन्दै उनले गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालय, धनुषालाई विपक्षी बनाएका छन् ।


प्रतिक्रियाहरू

रबिन्द्र अधिकारी

7 months ago

नागरिकता किर्ते गरि लिने लाई छाेड्नु शुदैन हदै सम्मकाे कारवाहि गर्नु पर्छ ।।

रबिन्द्र अधिकारी

7 months ago

नागरिकता किर्ते गरि लिने लाई छाेड्नु शुदैन हदै सम्मकाे कारवाहि गर्नु पर्छ ।।

सम्बन्धित खबर