कुमारी बैंकले भदौका लागि सार्वजनिक गर्यो ब्याजदर, कुन खातामा कति ब्याज ?
काठमाडौं । कुमारी बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसमध्ये बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६.७१ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । यसमध्ये, ३ महिनादेखि ६ महिनासम्मका लागि मुद्दति निक्षेपमा रकम जम्मा गर्नेलाई ५.३० प्रतिशत (व्यक्तिगत) र मोबाइल एपबाट जम्मा गर्नेलाई ५.५० प्रतिशत ब्याज दिने जनाएको छ ।
६ महिनादेखि १ वर्षसम्मको मुद्दतिमा ६ प्रतिशत, १ देखि २ वर्षसम्म ६.५० र २ वर्ष भन्दा माथिको मुद्दतिमा रकम राख्नेले ६.७१ प्रतिशतसम्म ब्याजदर पाउनसक्ने बैंकले जनाएको छ । संस्थागत लगानीकर्ताले भने मुद्दतिमा यस बैंकबाट ५.५० प्रतिशतसम्म ब्याज पाउने छन् ।
यता, बचत खातामा कुमारीले ५.०६ प्रतिशत र रेमिट बचत खातामा ६.११ प्रतिशतसम्म ब्याजदर तोकेको छ । त्यस्तै, बैंकले ७ वर्षसम्मको अवधि भएको घर कर्जाका लागि ९.२४ प्रतिशत ब्याजदर तोकेको छ । मोड्गेज लोनमा ९.७४ र एसएमई कर्जाका लागि ९.७४ प्रतिशत ब्याजदर तोकेको छ । असारमा बैंकको बेस रेट ८.८९ प्रतिशत रहेको छ । यस बैंकले खाताको किसिम अनुसार ब्याजदर निर्धारण गरेको छ ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares