विद्युत बिक्रि आम्दानी घट्दा ४५ प्रतिशतले घट्यो माउन्टेन ईनर्जीको मुनाफा


काठमाडौं । माउन्टेन ईनर्जी नेपाल लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा घटेको छ ।
असार मसान्तसम्ममा हाइड्रोपावरले बिद्युत बिक्रिबाट ९७ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.४३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा हाइड्रोपावरको यस्तो आम्दानी १ अर्ब १८ करोड २३ लाख रुपैयाँ थियो।
समिक्षा अवधिमा कम्पनीले २९ करोड लाख ३६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा ४१.७१ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ३७ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
चुक्ता पूँजी २ अर्ब २६ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन अर्निङमा १ अर्ब २ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ४२ पैसा रहेको छ।
Shares