साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्डर रद्द
यातायात व्यवस्था विभागले साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर आह्वान रद्द गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार टेण्डर आह्वान चार/पाँच दिन अघि नै रद्द गरिएको हो।
साढे १६ लाख स्मार्ट कार्ड खरिदको लागि गरेको बोलपत्रमा मिलेमतो भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छानबिन थालेको अवस्थामा बोलपत्र आह्वान रद्द गरिएको छ।
यातायात व्यवस्था विभागका महानिर्देशक रिजाल मिलेमतो भएर टेण्डर रद्द नगरिएको बताउनुहुन्छ। टेण्डर परेका कम्पनीले पेश गरेका कागजपत्र पूर्ण नभएकले टेण्डर रद्द गरिएको उहाँ बताउनुहुन्छ।
उहाँले भन्नुभयो, “मिलेमतो भएर टेण्डर रद्द गरिएको होइन, प्रस्ताव पेश परेका कम्पनीले पूर्ण कागपत्र पेश नगरेको पाइएकाले टेण्डर रद्द गरिएको हो।”
मूल्याङकन समितले दिएको प्रतिवेदनका आधारमा ठेक्का रद्द गरिएको उहाँ बताउनुहुन्छ। दुई कम्पनीले मात्र टेण्डर भरेका थिए। दुई कम्पनीको नै कागजपत्र अपुग भएको पाइएकाले टेण्डर रद्द गरिएको महानिर्देशक रिजाल बताउनुहुन्छ। गोरखापत्र दैनिकबाट ।
Shares