बिद्युत बिक्रि आम्दानी बढेसंगै सुपर मादी हाइड्रोपावरको नाफामा उछाल

अर्थकागज
प्रकाशित: २३ वैशाख २०८१
Image description

काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार हाइड्रोपावरको नाफामा उल्लेख्य बृद्धि देखिएको छ ।

समिक्षा अवधिमा हाइड्रोपावरले ९ करोड २ लाख ४१ हजार रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी १ करोड ७ लाख ६० हजार रुपैयाँ नोक्सानीमा थियो । समिक्षा अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानीमा वृद्धि आएसँगै खुद नाफा बढेको हो ।

यस अवधिमा हाइड्रोपावरले बिद्युत बिक्रिबाट ९४ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ७०१६.७३ प्रतिशतले बढि हो । गत बर्षको यसै अवधिमा हाइड्रोपावरले बिद्युत बिक्रिबाट १ करोड ३२ लाख रुपैयाँ मात्र आर्जन गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर