राप्ती हाइड्रोको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: ०५ जेठ २०८२
Image description

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज जेठ ५ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज जेठ ५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

कम्पनी १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने छ। कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

नेपाल धितोपत्र बोर्डले वैशाख २५ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

प्रतिक्रियाहरू

* * * <a href="https://proofcheck.org/index.php?ivbu6i">Snag Your Free Gift</a> * * * hs=434186cfa62a0d3eae2edec39c6062fa* ххх*

10 months ago

fqrllp

* * * Snag Your Free Gift: https://proofcheck.org/index.php?ivbu6i * * * hs=434186cfa62a0d3eae2edec39c6062fa* ххх*

10 months ago

fqrllp

सम्बन्धित खबर